धादिङको थोपल खोलामा शव फेला,

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा एक जनाको शव भेटिएको छ ।

थोपल खोला किनारा नजिकै एक जना पुरुषको शव भेटिएको स्थानीय राम तामाङले बताए । तामाङका अनुसार थोपल खोला माथी रहेको झोलुङ्गे पुलको सिधा तल बगरमा शव रहेको छ । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिको प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार थोपल खोलाको बगरमा भेटिएको मृतक पुरुष करिव ३५ वर्षको रहेको छ । मृतकको पहिचान खुलेको छैन । पोष्टमार्टमका लागि शवलाई धादिङ अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment