थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ ।

मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

Related posts

Leave a Comment