धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा वडा नम्बर ९ सल्लाघारी वनमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो । डढेलो नियन्त्रण गर्दा कसरी सुरक्षित अपनाउने भन्ने बारेमा जानकारी गराउने उद्धेश्यले आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको विष्णु प्रसाद आचार्यले बताउनुभयो । डढेलो नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्ने र त्यसको लागि डिभिजन वन कार्यलयले प्राविधिक सहयोग गर्ने पनि आचार्यले बताउनुभयो ।

यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले मानिसहरुले घासको लोभले जानाजान वन जंगलमा आगो लगाउने प्रवृत्ति रहेको बताउनुभएको छ । मानिसहरुको त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि डिभिजन वन कार्यलय,लगायत नगरपालिकाले पनि पहल गर्ने बताउनुुभयो ।

जिल्ला विपद्ध व्यवस्थापन कोष र प्रदेश विपद्ध व्यवस्थापन कोष मार्फत डढेलो नियन्त्रणको लागि केही उपकरणहरु तयार पारेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

Related posts

Leave a Comment