धादिङ, च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच आज नेपाली समय अनुसार अपरान्ह २ः४५ बजे कराँचिमा हुँदै छ । च्याम्पियनस् ट्रफि अन्तर्गत समुह ‘ए’ को खेलहरुमा न्यूजिल्यान्ड र भारत बिजयी भएका छन् । आजको खेल समुह ‘बि’ अन्तर्गत हुँदैछ भने समुह ‘बि’ अन्तर्गत कै दोस्रो खेल अष्ट्रेलिया र इङ्ल्यान्ड बिच भोली सोही समयमा हुनेछ । प्रतियोगीताको फाईनल खेल फागुन २५ गते हुनेछ ।
Month: February 2025
शुभमन गिलको सतकको मद्दतमा बङ्गलादेश बिरुद्ध भारत बिजयी
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतले बंगलादेशलाई ६ विकेटले हराएको हो । बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शुभमन गिलले अविजित शतक बनाए । उनी १०१ रनमा अविजित रहँदा केएल राहुल पनि ४१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४१ रन बनाए । बंगलादेशका लागि रिशाद होसेनले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । तास्कन अहमद र मुस्तफिजुर…
नेपाल एक खेल अगावै फाइनलमा
सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० ले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ। फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो। पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो। नेपालले खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएको थियो। लेबनानले नेपालविरुद्ध विभिन्न अवसर सिर्जना गरे पनि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिइनन्। नेपालले प्लेइङ–११ मा दुई परिवर्तन गर्दै मैदान…
महानगरका सम्पदा क्षेत्रमा १० हजार ७२९ वर्ग मिटर ढुङ्गा बिछ्याइयो
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने काम भइसकेकाे बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले सहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको योजना अनुरूप १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे बताएका हुन्। महानगरको चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य अनुरूप काम भइरहेको र अहिलेसम्म १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे उनले बताएका छन्। उनले लेखेका छन्, ‘हामीले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न…
बंगलादेशद्वारा भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत
आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशले भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो । कमजोर सुरुवात गरेको बंगलादेशका लागि तोहिद रिदोएले रनको योगदान गरे । चार जना ब्याट्सम्यान डक आउट भएको बंगलादेशी इनिङसमा जाकर अली ६८ रनमा आउट भए । ३५ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद र अलीले छैठौं विकेटका लागि १५४ रनको साझेदारी गरे । भारतका लागि मोहमद सामीले ५ विकेट लिए । आफ्नो…
न्युजिल्याण्डले साविक विजेता पाकिस्तानलाई हराएयो
बुधबारदेखि पाकिस्तानमा सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन बनाए । त्यस्तै सलमान आघाले ४२ रन बनाए । न्युजिल्याण्डका विलियम ओ’रोर्केले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । कप्तान मिचेल सान्टनरले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । म्याट हेनरीले २ तथा नेथन स्मिथले १ विकेट…
आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डद्धारा आयोजक पाकिस्तानसामु ३२१ रनको लक्ष्य प्रस्तुत
आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानसामु ३२१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । कराँचीमा आयोजक पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३२० रनको उच्च योगफल तयार पारेको हो । विल यङ र टम लाथमले सतक बनाएपछि न्युजिल्यान्ड उच्च योगफल तयार पार्न सफल भयो । ११३ बलको सामना गरेका यङले १२ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । ९५ बलमा सतक पूरा गरेका लाथम ११८ रनमा नटआउट रहे । ग्लेन फिलिप्सले ३४ बलको सामना गर्दै चार छक्का…
सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो।
सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ…
आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदै
आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका र उनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।
प्रजातन्त्र आएको दिनको स्मरणमा आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै
जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५ औँ प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी…
