धादिङ फुटबल क्लबले स्वर्गीय सुमन श्रेष्ठको स्मृतिमा सुमन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने

धादिङ जिल्लाका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र फुटबल खेलको लोकप्रियता वृद्धि गर्दै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु मूल उद्देश्य साथ जिल्लामा फुटबल प्रतियोगिता मार्फत फुटबल खेलको विकास र त्यसप्रति युवाहरूको आकर्षण बढाउनका लागि धादिङ फुटबल क्लबले स्वर्गीय सुमन श्रेष्ठको स्मृतिमा २०८१ फागुन १२ गतेबाट १७ गतेसम्म प्रथम सुमन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा धादिङ फुटबल क्लबले प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यस वर्ष धादिङ जिल्ला बिच बजारमा स्थायी घर भइ मिति २०७८।०२।२६ गते दिवङ्गत हुनुभएका फुटबल खेलाडी स्वर्गीय सुमन श्रेष्ठको स्मृतिमा प्रथम सुमन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष गोपी कृष्ण भण्डारीले बताएको छ ।

यस प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ७५ हजार र दोस्रो हुनेलाई ७५ हजार नगद पुरस्कारका साथै शिल्ड र मेडल प्रदान गरिने छ। सेमिफाइनल पुग्ने अन्य दुई समूहलाई २५ हजार नगद पुरस्कारको पनि व्यवस्था रहेको छ। जिल्ला सदरमुकाममा हुन लागेको यी प्रतियोगिता सञ्चालनका लागि नीलकण्ठ नगरपालिका संरक्षक र अन्य पालिकाहरूको सहयोग हुने साथै अखिल नेपाल फुटबल क्लब, स्थानीय प्रशासन लागयतका सरोकारवाला निकायसँगको आपसी समन्वयमा कार्यक्रम सञ्चालन हुने आयोजकले बताएको छ ।

सोही अवसरमा क्लबले खुला पुरुष म्याराथन पनि गर्ने जानकारी गरेको छ । म्याराथन प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने भएको छ ।

Related posts

Leave a Comment