राप्रपा को सभा बल्खु मा

धादिङ, २५-चैत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते भोलिको सभा बल्खुमा गर्ने भएको छ। राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा  सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो। बल्खु र सिफल चौर मध्धे राप्रपाले बल्खु रोजेको हो। उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ। राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।…

अर्कैको जग्गा बैना गरेको भरमा साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

धादिङ चैत्र-२५अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन् ।चौलागाईँ लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ । अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । यो बाहेक उनीविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको…

नेपाल शिक्षक महासङ्घद्वारा चौथो चरणको आन्दोलन घोषणा

नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ। अध्यक्ष सुवेदीका अनुसार विगतमा भएका सहमतिअनुसार विधेयक जारी नभएसम्म आन्दोलन जारी रहने छ ।

जनताको सेवामा आफै खटिँदै धादिङका ट्राफिक प्रहरी

धादिङ, चैत्र-२४ जिल्ला ट्राफिक कार्यालय धादिङ को सक्रियतामा गजुरी बजारमा रहेको जेब्राक्रसिङ मा रङ्ग दल्ने कार्य सम्पन्न भएको छ । आइतबार जिल्ला ट्राफिक कार्यालय धादिङका इन्स्पेक्टर सुरज श्रेष्ठ को कमान्डमा खटिएको टोलीले बजार क्षेत्र मा रहेको विभिन्न चार वटा जेब्राक्रसिङमा रङ्ग लगाउने कार्य गरेको हो । जेब्राक्रसिङको रङ्ग मेटिएको कारणले पैदल यात्री तथा सवारी चालकलाई समेत समस्या भएकाले उक्त कार्य गरिएको श्रेष्ठ ले बताउनुभयो ।

रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लियो

धादिङ चैत्र २२ उच्च अदालतको आदेशसँगै रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरमै पुगेर प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो । लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने भन्नुभएको थियो । उहाँलाई जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई कारागार चलान गर्ने प्रहरी तयारी छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको मुद्दामा यसअघि जिल्ला अदालतले उहाँसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। सो आदेश उल्टाउँदै उच्च अदालतले उहाँलाई थुनामा पठाउने आदेश गरेको हो।

दलित समुदायका समस्या बुझ्न राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देवराज विश्वकर्मा रुवी भ्यालीमा

धादिङ, चैत्र २२ राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष माननीय देवराज विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्मा र पूर्व सचिव मानबहादुर विश्वकर्मा लगायतका पदाधिकारीले रुवी भ्याली गाउँपालिका भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुंङमा रहेका दलित बस्तीका दलित परिवारसँग भेट गरी त्यहाँ रहेका दलितका समस्या सुनेर समाधानको उचित सम्बोधन गर्ने विश्वास दिलाउनु भएको छ । भेटघाटका क्रममा उब्जिएका समस्याहरू दलित समुदायले आफूसम्म ल्याई पुर्‍याउन नसकेकोमा गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो , ‘ यो समस्या आएको छ अब यसको शीघ्र…

एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का

धादिङ चैत्र २२ एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुकबार बेलुकी दुईपटक भूकम्प गएको हो। ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगरपालिकामा

धादिङ, चैत्र-२१ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुग्नुभएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमापुग्नुभएको हो । उहाँ काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उहाँलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उहाँलाई कार्यालय प्रवेश गराएका छन् ।

गल्छी गाउँपालिकाको वडा नम्बर १ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा

धादिङ, चैत्र २१धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ औपचारिक रूपमा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार विशेष समारोहको आयोजना गर्दै वडालाई बालमैत्री घोषणा गरिएको हो। बालमैत्री वडाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले वडाको उपलब्धिलाई गौरवपूर्ण क्षण भन्दै अन्य वडाहरू र पालिकाहरूका लागि प्रेरणादायी उदाहरण भएको बताउनुभयो। उहाँले बालमैत्री वडा बन्नु समग्र विकासको सूचक भएको उल्लेख गर्नुभएको छ । यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पालिकाले…

कार र ट्रक एक आपसमा ठोकिँदा पाँच जना घाइते

 पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको १३७७ नम्बरको कार र काठमाडौतर्फ जाँदै गरेको गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ । काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का…