नेपाल शिक्षक महासङ्घद्वारा चौथो चरणको आन्दोलन घोषणा

नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ।

यही चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ ।

महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ।

अध्यक्ष सुवेदीका अनुसार विगतमा भएका सहमतिअनुसार विधेयक जारी नभएसम्म आन्दोलन जारी रहने छ ।

Related posts

Leave a Comment