तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु

धादिङ,चैत्र-१५

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उक्तभवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहनुभएका सुरेश रजकको मृत्यु भएको हो ।

तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन हुनुहुन्थ्यो ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भन्नुभयो, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’

एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताउनुभयो ।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुग्नुभएको छ ।

Related posts

Leave a Comment