धादिङ, चैत्र-२६ काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको खबरदारीमा घुसपैठ भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का, दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री रहेका छन् । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि…
Category: Trends
राप्रपालाई बालेन शाह को धन्यवाद
काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ । उहाँले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको भन्दै मेयर शाहले धन्यवाद भन्नुभएको हो । ‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबुकमा लेख्नु भएको छ । यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाव दिनुभएको थियो । महानगरले यसअघि पनि राप्रपालाई…
गोरखाको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकालाई
धादिङ, २५-चैत्र गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा छेवेटार सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगितामा नीलकण्ठ महिला टिम च्याम्पियन बनेको हो । फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको हो । गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद विशेष आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश…
राप्रपा को सभा बल्खु मा
धादिङ, २५-चैत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते भोलिको सभा बल्खुमा गर्ने भएको छ। राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो। बल्खु र सिफल चौर मध्धे राप्रपाले बल्खु रोजेको हो। उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ। राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।…
अर्कैको जग्गा बैना गरेको भरमा साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
धादिङ चैत्र-२५अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन् ।चौलागाईँ लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । यो बाहेक उनीविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको…
हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि गर्यो पुनः उत्पादन शुरु
धादिङ, चैत्र २५झन्डै पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि सिमेन्टको उत्पादन पुनः शुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः शुरु भएको हो । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने एक हजार नौ सय मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगमा तत्कालीन समयमा एक अर्ब ५० करोड रुपैयाँमा लगानी गरिएको थियो । अहिले उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,…
वरिष्ठ पत्रकार भैरव रिसालको उपचारका क्रममा निधन
धादिङ,चैत्र-२५ वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा गएराति निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । त्यसकारण उहाँको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । २०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो…
नेपाल शिक्षक महासङ्घद्वारा चौथो चरणको आन्दोलन घोषणा
नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ। अध्यक्ष सुवेदीका अनुसार विगतमा भएका सहमतिअनुसार विधेयक जारी नभएसम्म आन्दोलन जारी रहने छ ।
जनताको सेवामा आफै खटिँदै धादिङका ट्राफिक प्रहरी
धादिङ, चैत्र-२४ जिल्ला ट्राफिक कार्यालय धादिङ को सक्रियतामा गजुरी बजारमा रहेको जेब्राक्रसिङ मा रङ्ग दल्ने कार्य सम्पन्न भएको छ । आइतबार जिल्ला ट्राफिक कार्यालय धादिङका इन्स्पेक्टर सुरज श्रेष्ठ को कमान्डमा खटिएको टोलीले बजार क्षेत्र मा रहेको विभिन्न चार वटा जेब्राक्रसिङमा रङ्ग लगाउने कार्य गरेको हो । जेब्राक्रसिङको रङ्ग मेटिएको कारणले पैदल यात्री तथा सवारी चालकलाई समेत समस्या भएकाले उक्त कार्य गरिएको श्रेष्ठ ले बताउनुभयो ।
देशका धेरै ठाउँमा मौसम धुम्म, मङ्गलवारदेखि मात्र सुधार आउने
धादिङ चैत्र २४आज देशका धेरै ठाउँमा मौसम धुम्म छ । कोशीका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको हो । कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको छ । काठमाण्डौमा वायु प्रदूषण उच्च भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा या ठूलो हावा चल्यो भने मात्रै प्रदूषण कम हुदै जाने छ । आउँदो मङ्गलवारदेखि…
