गोरखाको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकालाई


धादिङ, २५-चैत्र

गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ ।

गोरखा नगरपालिकाको आयोजनामा छेवेटार सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगितामा नीलकण्ठ महिला टिम च्याम्पियन बनेको हो ।

फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको हो ।

गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद विशेष आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायत गोरखा जिल्लाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment