एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एकजनाको मृत्यु

धादिङ बैशाख-६ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका वडा नं १ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो…

धादिङको गंगाजमुना गाउँपालिकामा उद्धघोषण सम्बन्धी ३ दिवसीय तालिम सुरु

धादिङ ५ बैशाखउत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पालिकाको निर्वाचित महिला जनप्रतिनिधीहरुको लागि उद्धघोषण सम्बन्धी ३ दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । शुक्रबार सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना र गंगाजमुना गाउँपालिका धादिङको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा सम्पन्न गरिएको उद्धघाटन कार्यक्रममा संविधान सभा सदस्य एवम् सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सञ्जय बहादुर स्याङतान, गाउँपालिकाको प्रवक्ता एवम् वडा…

नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न

धादिङ वैशाख-४नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न भएको छ।  बिहीबार  धादिङ बेसीमा सम्पन्न भेलाले नेमबहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्य कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ र शुक्रकुमार श्रेष्ठ, सचिवमा नवराज श्रेष्ठ (चट्टान) चयन हुनुभएको छ ।  शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अप्सरा सिम्खडा, बागमती प्रदेश सह—सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र जिल्ला कमिटी सल्लाहकार केशरी प्रसाद पन्त नीलकण्ठ नगर कमिटी अध्यक्ष अमृत तामाङ लगायतको उपस्थिति रहेको थियो ।

सदायकी मृत्युबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

धादिङ, वैशाख-३ यौन दुर्व्यवहारमा परेकी सिरहाको आनन्दी देवी सदायकी मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।   बुधबार गृहमन्त्री लेखकले बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ । आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् । उनी हिजो मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी…

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

 धादिङ, वैशाख-३ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

जुलियन किर्पाललाई देश निकाला

धादिङ, वैशाख-१ राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ ।  गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिनुभयो।   विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । ‘उहाँले पनि आफ्नो देश जाने रुची राख्नु भयो, पर्यटन भिषामा आउनु भएको रहेछ, पर्यटकीय कार्यभन्दा बाह्रय गतिविधि गरेको देखियो, त्यही कारण उहाँलाई…

एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै

धादिङ, वैशाख-१ काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।  नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो ।  ओमानले भने आईतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने तालिका छ ।  नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने  यू–१९…

पूर्व राजा शाहद्वारा तीनकुने घटनाप्रति दुख व्यक्त

धादिङ, वैशाख-१ पूर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजनी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा भएको घटनामा पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवनमा आगजनी भएको थियो । उक्त हिंसात्मक घटनाबारे चौतर्फी आलोचना भए पनि उहाँकै नाम जोडेर आयोजित प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र मौन बस्दै आउनुभएको थियो । उहाँलाई गिरफ्तार गरी कानुनी कठघरामा उभ्याइनुपर्ने सम्मका माग भइरहेको वेला आइतबार नयाँ वर्षको शुभकामना सन्देशसँगै घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘केही दिनअघि…

नयाँ वर्ष देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै

आज विक्रम संवत् २०८२ को पहिलो दिन वैशाख १ गते देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै छ। आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो । यो वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ । ‘विक्रम संवत् ६० संवत्सरमध्ये एक हो र सूर्यसँग जोडिएको छ। त्यसैले यसलाई विक्रमादित्य संवत् भनिन्छ। सूर्यको गति र स्थिति अनुसार यो संवत् चल्छ। शक संवतको विशेषता र इश्वी संवतको व्यावहारिकता…

आगामी दिनमा खेल क्षेत्रलाई अझ फराकिलो र समावेशी बनाउनु पर्छ : उप—प्रमुख दिपक विश्वकर्मा

धादिङ,चैत्र ३१ नेपाल र नेपालीलाई केवल खेलकुदले चिनाउन सक्छ । प्रतिकुल मौसमका बाबजुद पनि आफ्नो खेल कौसल प्रस्तुत गर्न सकेकोमा हार्दिक बधाई दिँदै नीलकण्ठ नगरपालिकाका उप—प्रमुख दिपक विश्वकर्माले नयाँ वर्ष २०८२को शुभकामना समेत व्यक्त गर्नुभएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा प्रथम चिसापानी कप यु १७ नकआउट फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले आगामी दिनमा खेल क्षेत्रलाई अझ फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिनु भयो ।  कार्यक्रमका अध्यक्ष तथा गणेश कुण्ड मैत्री युवा समाजका अध्यक्ष द्वारिका दाहालले प्रतियोगिता शान्त र सौहार्दपूर्ण…