आज अस्ट्रेलिया र ईङ्ल्यान्ड भिड्दै

च्याम्पियन्स् ट्रफि अन्तर्गत समुह बि को अस्ट्रेलिया र ईङ्ल्यान्ड बिचको खेल आज नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे हुँदै छ । उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ । यस अघिको खेलमा क्रमश न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका बिजयी भएका छन् । फइनल खेल फागुन २५ गते हुनेछ ।

दक्षिण अफ्रिकासँग हार्यो अफगानिस्तान

च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ। शुक्रबार कराँचीको राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीले ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो। जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका रायन रिकेलटनले शतक प्रहार गरे। उनी खेलको उत्कृष्ट खेलाडी पनि भए। एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए। कागिसो रबाडाले ३ र लुंगी न्गिडीले २ विकेट लिए।  अफगानिस्तानका रहमत शाहले ९० रन बनाए। मोहम्मद नाबीले २ विकेट लिए।

साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा साउथ अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।   ओपनर रिआन रिकेल्टनले १०३ रन बनाएको साउथ अफ्रिकन इनिङ्समा क्याप्टेन टेम्बा बाभुमा, रसी दुसेन र एइडेन मारक्रमले अर्धशतक प्रहार गरे । बाभुमा ५८ र दुसेन ५२ रनमा आउट हुँदा मारक्रम भने ५२ रनमा नटआउट रहे ।   च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यू म्याचमा मोहमद नाबीले २ तथा फजुल्लाक फरुदी, अज्मातुल्लाह ओमारजाई र नूर अहमदले समान एक…

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिताको उद्दघाटन समारोह सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता उद्दघाटन समारोह सम्पन्न भएको छ । वडाको चण्डेश्वरी माध्यमिक विद्यालय परिषरमा आज एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले उक्त प्रतियोगिताको उद्दघाटन गर्नु भएको हो । चण्डेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उद्दघाटन समारोहमा नेपाल नगरपालिका संघको अध्यक्ष एवम् नीलकण्ठ नगरपालिका को प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारी, नेपाल सितोरियो…

च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच हुँदै

धादिङ, च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच आज नेपाली समय अनुसार अपरान्ह २ः४५ बजे कराँचिमा हुँदै छ । च्याम्पियनस् ट्रफि अन्तर्गत समुह ‘ए’ को खेलहरुमा न्यूजिल्यान्ड र भारत बिजयी भएका छन् । आजको खेल समुह ‘बि’ अन्तर्गत हुँदैछ भने समुह ‘बि’ अन्तर्गत कै दोस्रो खेल अष्ट्रेलिया र इङ्ल्यान्ड बिच भोली सोही समयमा हुनेछ । प्रतियोगीताको फाईनल खेल फागुन २५ गते हुनेछ ।

शुभमन गिलको सतकको मद्दतमा बङ्गलादेश बिरुद्ध भारत बिजयी

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतले बंगलादेशलाई ६ विकेटले हराएको हो । बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शुभमन गिलले अविजित शतक बनाए । उनी १०१ रनमा अविजित रहँदा केएल राहुल पनि ४१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४१ रन बनाए । बंगलादेशका लागि रिशाद होसेनले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । तास्कन अहमद र मुस्तफिजुर…

नेपाल एक खेल अगावै फाइनलमा

सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० ले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ। फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो। पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो। नेपालले खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएको थियो। लेबनानले नेपालविरुद्ध विभिन्न अवसर सिर्जना गरे पनि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिइनन्। नेपालले प्लेइङ–११ मा दुई परिवर्तन गर्दै मैदान…

बंगलादेशद्वारा भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशले भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो ।  कमजोर सुरुवात गरेको बंगलादेशका लागि तोहिद रिदोएले रनको योगदान गरे । चार जना ब्याट्सम्यान डक आउट भएको बंगलादेशी इनिङसमा जाकर अली ६८ रनमा आउट भए । ३५ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद र अलीले छैठौं विकेटका लागि १५४ रनको साझेदारी गरे । भारतका लागि मोहमद सामीले ५ विकेट लिए । आफ्नो…

आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डद्धारा आयोजक पाकिस्तानसामु ३२१ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानसामु ३२१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।   कराँचीमा आयोजक पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३२० रनको उच्च योगफल तयार पारेको हो । विल यङ र टम लाथमले सतक बनाएपछि न्युजिल्यान्ड उच्च योगफल तयार पार्न सफल भयो । ११३ बलको सामना गरेका यङले १२ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए ।  ९५ बलमा सतक पूरा गरेका लाथम ११८ रनमा नटआउट रहे । ग्लेन फिलिप्सले ३४ बलको सामना गर्दै चार छक्का…

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदै

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका र उनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।