च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ । खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ । अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए । १७० एक दिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव २ रेनरेटमा ५८०० रन बनाएका छन् । जसमा १२ शतक…
Category: खेलकुद
sports
अस्ट्रेलियाले भारतलाई दियो २ सय ६५ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्…
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह बीको अन्तिम खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूहविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । तीनवटै खेलमा पराजय व्यहोरेको इंग्ल्याण्डले कुनै पनि अंक नजोडी प्रतियोगिताको अन्त्य गरेको छ । इंग्ल्याण्ड अस्ट्रेलिया र अफगानिस्तानसँग यसअघ पराजित भएको थियो । इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । राशी भान डेर डुसेनले अविजित ७२ रन बनाउँदा हेनरिच क्लासेनले ६४ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले २ तथा आदिल राशिदले १ विकेट लिए…
धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवलाई
धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एमवाईसी) ले जितेको छ । धादिङ फुटबल क्लव (डिएफसी) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी. ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो । शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एमवाईसी ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गर्यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डिएफसी र एमवाईसी बीचको फाइनल भीडन्त रोचक…
प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी
जिल्लाको सदरमुकाम धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी प्रवेश गरेका छन् शुक्रबार सेमिफाइनलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै, आयोजक डिएफसीले शिवदल गणविचको खेलमा निर्धारित समयमा गोलरहित रह्यो । कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका…
नेपाल फाइनलमा पराजित
फाइनलमा पराजित भएसँगै फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमार गोल गर्न सफल भएको थियो । ६२औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसको दुई मिनेटपछि नै क्याप्टेन विन थियाङ थुमले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । सोपछि कुनै गोल हुन सकेन र नेपाल उपविजेतामा सीमित हुन पुग्यो । लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको…
महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दै
चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ। नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै…
नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा टुंगियो
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भएतापनि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। खेलको छैटाैं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसको ११ औं मिनेटमै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ विंगबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई खेलमा फर्काइन्। १६औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो। मे लुले चेस्लेले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै गोल गरिन् र टोलीलाई २-१…
भारत र पाकिस्तान भिड्दै
च्याम्पियन्स् ट्रफि अन्तर्गत आजको खेल समुह ए को भारत र पाकिस्तान बिच हूँदै छ । खेल नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे दुवईमा हुनेछ । समुह ए को सम्पन्न खेलमा भारत विजयि र पाकिस्तान पराजित भएको थियो । भारत र पाकिस्तान क्रिकेटका पुराना पर्तिद्वन्दि हुन् । भारत र पाकिस्तान बिचको खेललाई विशेष रुपमा हेरिन्छ । यो खेल दुवाई स्थित दुवाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको हो । भारत र पाकिस्तान बिचको राजनैतिक किचलोको कारण एक आर्कामा दुस्मनि पुरानो छ । केहि समय अगाडि आई सि सि ले यि दुई राष्ट्र…
अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हरायो
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो । पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर…
