आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ओमानलाई हरायो । अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो । यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड…
Category: खेलकुद
sports
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गर्यो
धादिङ- अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन…
पहिलो हाफमा नेपालको १–० को अग्रता
सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन
नेपाल क्रिकेट संघ(क्यान) ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ । भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।
मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी नखेल्ने
अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम…
गण्डकीलाई हराउँदै पुलिसले जित्यो ‘टाइगर कप’ उपाधि
काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायाे । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो । विजेता बनेकाे नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता बनेकाे गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेकाे छ ।
आईतबार हुने ‘टाइगर कप’ भलिबलको फाइनलमा गण्डकी नेपाल पुलिस सँग खेल्दै
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ फाइनलमा पुगेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हरायाे । गण्डकीले पहिलो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–२२ ले जित्यो । अब गण्डकीले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।
रोमाञ्चक फाइनलमा काठमान्डुलाई हराउँदै उपाधि जनकपुरलाई
काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जितेको छ । शुक्रबार भएको रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा काठमान्डुलाई ४५—४१ ले हराएर जनकपुर च्याम्पियन बनेको हो । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो । पहिलो हाफमा २५—१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२—२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४—३४ को बराबरी गरेको थियो ।…
किक बक्सिङ टोली भारत प्रस्थान
चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । शनिबारदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोमुनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दिवान्स श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गरे ।
नेपाल कबड्डी लिगको उपाधिका लागि आज साँझ जनकपुर र काठमाण्डौ खेल्दै
काठमाण्डौ – नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रहेको थियो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो । त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको…
