दक्षिण अफ्रिकासँग हार्यो अफगानिस्तान

च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ।

शुक्रबार कराँचीको राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीले ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो। जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो।

दक्षिण अफ्रिकाका रायन रिकेलटनले शतक प्रहार गरे। उनी खेलको उत्कृष्ट खेलाडी पनि भए। एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए। कागिसो रबाडाले ३ र लुंगी न्गिडीले २ विकेट लिए। 

अफगानिस्तानका रहमत शाहले ९० रन बनाए। मोहम्मद नाबीले २ विकेट लिए।

Related posts

Leave a Comment