गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने

गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ। यहि चैत १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव जिल्ला होटल संघ धादिङको आयोजनामा हुने छ भने महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ। गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह, युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित कार्यक्रम उद्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिनुभयो । महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् । साथै,परम्परागत बाजा प्रदर्शन…

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्दै चिन

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ। “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी…

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन गर्न शाहीको चेतावनि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे। सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए। त्यस्तै उनले विभिन्न कालखण्डका…

फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु अलोकतान्त्रिक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे। उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरिएपछि आएको हो। बमले शनिबार हेटौंडामा दाहालको तस्बिर जलाएका थिए। उनले सिन्धुपाल्चोकमा पूर्व राजा लक्षित दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै विरोध स्वरूप यस्तो गरेको बताएका थिए।

पेट्रोलियम पदार्थको मूल्यमा भारि गिरावट

धादिङ- पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । काठमाडौँ उपत्यकामा अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ प्रती लिटर कायम भएको छ ।

धादिङमा पनि मनाईयो विश्व उपभोक्ता दिवस

विश्व उपभोक्ता दिवस आज धादिङमा पनि मनाईएको छ । ‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ता हित संरक्षणको दिगो आधार’ भन्ने नारा सहित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो । उद्योग तथा वाणिज्य कार्यालय धादिङले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपभोक्ताका आठ अधिकारहरु सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको लगायतका अधिकारका विषयमा उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले प्रस्तुती राख्नुभएको थियो । साथै उपभोक्ता हित विपरित कार्य गर्नेलाई सजायको व्यवस्था, नेपालमा उपभोक्ता हित संम्बन्धी भएका कार्य लगायतका विषयमा प्रमुख पुरीले…

विद्युत सेवा अवरुद्ध हुने

भोली चैत्र २ गते शनिबार धादिङको विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धादिङले सुचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुदै धादिङवेशी–जरे– सल्यानटार आएको ३३ के.मि. प्रसारण लाईन अन्तर्गत बेलकोटगढी नगरपालिकामा पोल थप तथा लाईन मर्मत सुधार कार्य हुने भएको भोली शनिबार विहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो । सुचनामा धादिङ सवस्टेशन, सल्यानटार सवस्टेशन र जरे सवस्टेशनबाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छि गाउँपालिका,…

त्रिपुरासुन्दरीमा फागु पूर्णिमाको अवसरमा रथयात्रा सम्पन्न

धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज फागु पूर्णिमाको अवसरमा रथयात्रा सम्पन्न भएको छ । विहान ७ बजेबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको स्फटिक खम्बा (अग्निचोक) देखि सुरु भएको यात्रा वडा नम्बर १ स्थित नृसिंहदेवको मन्दिर नृसिंहधाममा पुगेर सम्पन्न भएको हो । उक्त रथयात्रामा सम्पुर्ण जनप्रतिनिधि, धार्मिक भक्तजन, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी लगायत सम्पुर्ण स्थानीय बासीको उपस्थिति रहेको वडा नम्बर ६ का वडा अध्यक्ष हरि बहादुर विश्वकर्माले गणेश न्युज लाई जानकारी दिनुभयो ।

नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । क्याम्पसको निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित भएको हो । चुनाव स्थगित भए पश्चात नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले विज्ञप्ति  जारी गरेको छ । ‘यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक…

कर्णेश्वर माध्यामिक विद्यालयको छात्रावास भवनको उद्दघाटन

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयमा निर्माण भएको छात्रावास भवनको उद्दघाटन गरिएएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकार र नीलण्कठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा निमार्ण भएको उक्त छात्रावासको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगानाले उद्दघाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नगरप्रमुख ढुङगानाले विद्यालयलाई अझै गुणस्तरीय बनाउन शिक्षकहरुको मात्र नभई अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । भवन निर्माण गरेर मात्र नभई शिक्षामा ७० प्रतिशत सुधार ल्याएमा नगरपालिकाले विद्यालयलाई आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । त्यस्तै…