धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयमा निर्माण भएको छात्रावास भवनको उद्दघाटन गरिएएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकार र नीलण्कठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा निमार्ण भएको उक्त छात्रावासको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगानाले उद्दघाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नगरप्रमुख ढुङगानाले विद्यालयलाई अझै गुणस्तरीय बनाउन शिक्षकहरुको मात्र नभई अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । भवन निर्माण गरेर मात्र नभई शिक्षामा ७० प्रतिशत सुधार ल्याएमा नगरपालिकाले विद्यालयलाई आवश्यक सहयोग गर्ने पनि बताउनुभयो ।
त्यस्तै नगरउपप्रमुख दिपक विश्वकर्माले नगरपालिकाले संचालन गरेको निशुल्क शिक्षाले धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरेको बताउनुभयो । प्राविधिक शिक्षाका बढेका विद्यार्थीहरुले अहिले रोजगारीको अवसर पाईरहेको बताउदै आगामी दिनमा पनि नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु हरि अधिकारीले विद्यालयको वार्षिक प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । भने नगरप्रुमख र उपप्रमुखलाई विद्यालयमा बसको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ । नीलकण्ठ नगरपालिका बाहिरका विद्यार्थीहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्धेश्यले संचालन गरेको छात्रावासमा हाल नगरपालिका बाहेकका १५ जना छात्राहरु बस्दै आएका छन् ।
