धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोलेका छन् । निर्वाचनको तयारी नपुगेको भन्दै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघ विचको आन्तरिक द्धन्द्धका कारण निर्धारित मितिमा स्थगित भएको थियो । नेविसंघको एक पक्षले आफुखुशी चैत १९ गतेलाई निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका सार्वजनिक गरेसँगै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार निर्वाचनको तयारी नपुगेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । स्ववियू निर्वाचनको लागि नेपाली कांग्रेस जिल्ला सभापती एवंम…
Category: Featured
ईदको अवसरमा सोमबार सार्वजनिक विदा
धादिङ, चैत्र-१७इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
फेरि हार्यो हैदरावाद
धादिङ, चैत्र-१७ ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो तेस्रो खेलमा सन राईजर्स हैदरावादले दोस्रो हार बेहोरेको छ । भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै देल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आफ्नो पहिलो खेलमा देल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भएपनि रनरेटमा पछि पर्दै देल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौं स्थानमा छ । हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा…
‘म भागेको छैन र म भाग्दिन पनि’ : दुर्गा प्रसाईं
गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएकाले सुरक्षित बसेको बताएका हुन्। प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु । म नेपाल र नेपालीलाई…
निर्मल निवासले गर्यो महानगरको पत्र अस्वीकार
काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवाना बारेको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ । शुक्रवार पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा काठमाण्डौको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा विभिन्न ठाउँमा फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो । पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटमा रोकेर त्यहाँबाट फिर्ता पठाइएको हो । निर्मल निवासले जरिवानाको पत्र नबुझेपछि काठमाण्डौ महानगरपालिकाले कानूनी प्रक्रियाबाट अगाडि बढ्ने जनाएको छ । पत्र हुलाकमार्फत पठाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।
एमालेले किन जरिवाना नतिरेको : शाह
बालेन शाहले विष्णु रिमाललाई एमालेले किन जरिवाना नतिरेको भनेर प्रश्न गर्नुभएको छ ।शनिवार काठमाण्डौँ महानगरपालिकाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको भन्दै पत्र पठाएपछि रिमालले पुर्व राजालाई जरिवाना गराउन गणतन्त्रमा मात्र सम्भब हुने भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।महानगरका मेयर शाहले रिमालको पोस्टमा कमेण्ट गर्दै एमालेले किन जरिवाना तिरेन भनेर प्रश्न गर्नुभएको हो । शाहले कमेण्टमा एस्तोे लेख्नुभएको छ, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा?’
शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको छ : रिमाल
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउनु भएको छ। शनिबार सामाजिक सञ्जालमा लेख्दै रिमालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताउनु भएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उहाँले लेख्नु भएको छ ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने…
धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न
चैत्र १६,धादिङ राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो । पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै…
राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियान स्टुअर्ट ल
धादिङ, चैत्र-१५ नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो। यसअघि उहाँले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षण दिईसक्नुभएको छ।
१५२ एस.इ.ई विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्यायो
धादिङ,चैत्र-१५ राजधानी काठमाडौंमा प्रदर्शनका कारण शुक्रबार बिहान माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्यामा परेका शिक्षकसहित १५२ विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ। परीक्षा दिएर घर फर्कन सवारीसाधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु)मार्फत विद्यार्थी तथा शिक्षकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको महानगरले जनाएको छ। काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो। त्यही कारण कतिपय विद्यार्थी परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।
