‘म भागेको छैन र म भाग्दिन पनि’ : दुर्गा प्रसाईं

गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएकाले सुरक्षित बसेको बताएका हुन्। 

प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु । म नेपाल र नेपालीलाई छाडेर भाग्दिँन । म भाग्नलाई जन्मेको हैन । म झुक्नलाई जन्मेको हैन । बरु म मर्छु तर तपाईंहरुको अगाडि नै मर्छु ।’  

प्रसाईंले तीनकुने घटनाबारे यथार्थ बुझिदिन आग्रह गर्दै पत्रकारलाई जिउँदै आगो लगाइएको, घरमा प्रहरीहरु तैनाथ राखिएको विषयमा सत्यतथ्य बाहिर ल्याइदिन पनि अनुरोध गरे । उनले कसैलाई गोली हान्न, घरमा आगो लगाउन, निजी सम्पत्ति तोडफोड गर्न, सुरक्षाकर्मीमाथि जाइलाग्न आदेश नदिएको जिकिर पनि गरेका छन् । उनले भनेका छन्, ‘बरु एयरपोर्ट कब्जा गरौं । संसद् भवन कब्जा गरौं तर मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीहरु भनेर भनेको छु । जुन घटना भएको सोप्रति भने म दुःख व्यक्त गर्न चाहान्छु ।’ 

तीनकुने घटनामा पाँच जनाको मृत्यु भएको दाबी गर्दै प्रसाईंले बाँकीको मृत्युको विवरण पनि सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् । 

Related posts

Leave a Comment