पत्रकारीतामा अवसर र चुनौति दुवै थपियो – उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ धादिङमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । शुक्रबार सदरमुकाम धादिङबेसीमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले तालिमको उद्घाटन गर्नु भएको हो ।सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा उद्दघाटन गरिएको तालिममा नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको…

नेपाली विषयको प्रश्नपत्र बाहिरियो

ganesh news

एसइई परीक्षाको दोस्रो दिन सप्तरीमा नेपाली विषयको प्रश्नपत्र परिक्षा सुरू भएको आधा घण्टामै बाहिरिएको छ।  प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको विषय खुल्न सकेको छैन। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषय बुझ्ने कार्य भइरहेको बताउनु भएको छ ।

एसईई परीक्षाका परीक्षार्थीको नदीमा डुबेर मृत्यु

बिगु गाउँपालिका–२,जगतमा एसईई परीक्षा सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ। बिगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई परीक्षा दिन आएका थिए।  जगतमा कोठा भाडामा लिइ बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरे

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् ।  स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।  क्याम्पस…

एसइई परीक्षा सुरू पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी

एसइई परीक्षा सुरू भएकाे छ । आज देखि सुरु भएकाे एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरू भएकाे हाे । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ ।  परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)मा छन् । जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ ।  परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा…

धादिङका ५ हजार ४७५ विद्यार्थीले एसईई दिँदै

भोली ७ गते बाट धादिङमा २४ वटा परीक्षा केन्द्रबाट १६२ विद्यालयका ५ हजार ४७५ विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिँदै छन् । ती मध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका…

विद्यार्थीहरूबिच कुटाकुट

पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।

राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगरियोस् – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गर्नुभएको छ । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भन्नुभयो। अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताउनु भयो। ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर…

४.३ म्याग्निच्युडको भूकम्प गयो

आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको गएको हो । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।

पुटिनसँग भेट्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ।   रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने…