धादिङ, चैत्र-१५
नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।
क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो।
यसअघि उहाँले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षण दिईसक्नुभएको छ।
