धादिङ, चैत्र-१५ नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो। यसअघि उहाँले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षण दिईसक्नुभएको छ।
Day: March 28, 2025
१५२ एस.इ.ई विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्यायो
धादिङ,चैत्र-१५ राजधानी काठमाडौंमा प्रदर्शनका कारण शुक्रबार बिहान माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्यामा परेका शिक्षकसहित १५२ विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ। परीक्षा दिएर घर फर्कन सवारीसाधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु)मार्फत विद्यार्थी तथा शिक्षकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको महानगरले जनाएको छ। काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो। त्यही कारण कतिपय विद्यार्थी परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।
काठमाडौंमा कर्फ्यु आदेश जारी
धादिङ,चैत्र-१५ राजावादीको आन्दोलन हिंस्रक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको छ । अहिले ४ बजेर २५ मिनेटमा जारी भएको कर्फ्यु राति १० बजेसम्म लागू हुनेछ । सीडीओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमूल, गौशाला, कोटेश्वर, जडीबुटी चोकसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
दुर्गा प्रसाईं सम्पर्कविहीन
धादिङ,चैत्र-१५ दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु
धादिङ,चैत्र-१५ तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उक्तभवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहनुभएका सुरेश रजकको मृत्यु भएको हो । तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन हुनुहुन्थ्यो । एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भन्नुभयो, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’ एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताउनुभयो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुग्नुभएको छ ।
प्रहरीको गोली लागी घाईते भएका एकको मृत्यु
१५ चैत्र, धादिङकाठमांडौको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाईते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ ।घाईते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्रा.डा. सुवास आचार्यले बताउनुभयो । प्रहरीको समन्व्यमा मृतकको शव पोस्टमार्टमको लागि फरेन्सिक विभागमा पठाईएको आचार्यले बताउनुभयो । हालसम्म मृतकको विस्तृत परिचय भने खुलिसकेको छैन । आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेतापनि प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र ढुङ्गामूढा सहित आक्रमण गरेकाले रबरको गोली र हवाई फायर समेत भएको थियो । प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी…
तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसे
धादिङ,चैत्र-१५ काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त
१५ चैत्र, धादिङ काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । राजावादी समर्थकहरू र प्रहरीबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ। दुर्गा प्रसाईं समर्थित एक गाडीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । पहिलो घेरामा झडप भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कतासहित कायम गरिएको छ।
काठमांडौमा आज राजावादी–गणतन्त्रवादी प्रदर्शन, लाखौँको संख्यामा प्रदर्शनकारी
१५ चैत, धादिङ काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले भृकुटिमण्डप प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुने छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्नका लागी प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका…
