प्रहरीको गोली लागी घाईते भएका एकको मृत्यु

१५ चैत्र, धादिङ
काठमांडौको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाईते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ ।
घाईते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्रा.डा. सुवास आचार्यले बताउनुभयो ।

प्रहरीको समन्व्यमा मृतकको शव पोस्टमार्टमको लागि फरेन्सिक विभागमा पठाईएको आचार्यले बताउनुभयो ।

हालसम्म मृतकको विस्तृत परिचय भने खुलिसकेको छैन ।

आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेतापनि प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र ढुङ्गामूढा सहित आक्रमण गरेकाले रबरको गोली र हवाई फायर समेत भएको थियो ।

प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यलयमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड समेत गरेका थिए ।

Related posts

Leave a Comment