न्यु किबो बोर्डिङ स्कुलमा किबो फुटबल प्रतियोगिता सुरु

धादिङ वैशाख-१८

धादिङको न्यु किबो बोर्डिङ स्कुलमा किबो फुटबल प्रतियोगिता सुरु भएको छ । 

नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेंशी स्थित न्यु किबो बोर्डिङ स्कुलमा यही वैशाख १८ र १९ गते अर्थात् आज र भोलि  दुई दिने फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । 

विभिन्न ग्रेडका ७ वटा प्रतिस्पर्धी टोलीहरूबिच सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल भने भोलि दिउँसो ३ बजेपछि हुनेछ । 

खेलकुद, टिम वर्क र युवाहरूमा एथलेटिक्स उत्कृष्टतालाई बढवा दिने उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी ले बताउनुभयो । 

न्यु किवो बोर्डिङ स्कुलले समय समयमा विभिन्न प्रकारका खेलकुद लगायत शैक्षिक विकासमा सहयोग पुर्‍याउने कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

Related posts

Leave a Comment