आज हल्कादेखि भारी वर्षाको सम्भावना, मनसुनको प्रभाव घट्दो

देशका केही स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा…

घट्यो सुनचाँदीको मूल्य 

धादिङ,८–साउन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २३३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

सन्तोष अधिकारी वाइसियल धादिङको इन्चार्ज चयन

धादिङ,८–श्रावण युवा कम्युनिस्ट लिग (वाइसियल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीलाई वाइसियल धादिङको इन्चार्जको जिम्मेवारी दिइएको छ । संगठनको निर्णयअनुसार अधिकारीलाई संगठन विस्तार, सुदृढीकरण र श्रम–उत्पादन अभियानलाई तिव्रता दिने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो । धादिङमा सक्रिय रूपमा संगठनात्मक अभियानमा क्रियाशील रहेका अधिकारीले जिल्ला भित्रका सबै गाउँ र नगर कमिटीहरूसँग समन्वय गर्दै वाइसियलको गतिविधिलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वाइसियलको नेतृत्वले अधिकारीप्रति विश्वास व्यक्त गर्दै संगठनलाई थप गतिशील बनाउन उनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ ।