YCL नेपाल धादिङको ’श्रम तथा उत्पादनमा अभियान’ अन्तर्गतको उत्पादनमुखि श्रमदान कार्यक्रम सम्पन्न

धादिङ १–साउन

योङ्ग कम्युनिस्ट लिग, नेपाल धादिङले ’श्रम तथा उत्पादनमा अभियान’ अन्तर्गत उत्पादनमुखि श्रमदान कार्यक्रम सम्पन्न गरेको छ ।

अवको क्रान्ति उत्पादन र श्रमबाट गरिनुपर्ने भन्दै युवालाई यस अभियानतर्फ आकर्षित गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, वाईसीएल केन्द्रिय सदस्य सन्तोष अधिकारी, वाईसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल, माओवादी केन्द्र धादिङका सदस्य विनोदबाबु रिमाल, नीलकण्ठ नगर अध्यक्ष अमृत तामाङ, तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको विशेष उपस्थिति तथा सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी अतिथिहरूले युवाहरूले पुस्तौंदेखि गर्दै आएको श्रम र उत्पादनमूलक कार्यमा प्रत्यक्ष सहभागिता जनाउनु समाज परिवर्तनको आधार भएको बताएका थिए । उनीहरूले थ्ऋी ले सुरू गरेको यस्तो अभियान हरेक तह र क्षेत्रका व्यक्तित्वले साथ सहयोग र हौसला दिने र आत्मनिर्भरताको सन्देश फैलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममार्फत स्थानीय कृषकसँगको सहकार्य, युवाको सामूहिक श्रम, र उत्पादनमूलक कार्यमा युवाको अग्रसरता झल्किएको थियो ।

Related posts

Leave a Comment