धादिङ १–साउन योङ्ग कम्युनिस्ट लिग, नेपाल धादिङले ’श्रम तथा उत्पादनमा अभियान’ अन्तर्गत उत्पादनमुखि श्रमदान कार्यक्रम सम्पन्न गरेको छ । अवको क्रान्ति उत्पादन र श्रमबाट गरिनुपर्ने भन्दै युवालाई यस अभियानतर्फ आकर्षित गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, वाईसीएल केन्द्रिय सदस्य सन्तोष अधिकारी, वाईसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल, माओवादी केन्द्र धादिङका सदस्य विनोदबाबु रिमाल, नीलकण्ठ नगर अध्यक्ष अमृत तामाङ, तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको विशेष उपस्थिति तथा सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी अतिथिहरूले युवाहरूले पुस्तौंदेखि गर्दै आएको…
Day: July 17, 2025
गणित शिक्षकहरूको १ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
धादिङ, १–साउनगणित शिक्षा परिषद धादिङ, प्याब्सन धादिङ र नेशनल प्याब्सन धादिङको संयुक्त आयोजनामा एक दिने गणित शिक्षक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। गणित शिक्षा परिषद धादिङ तथा नेशनल प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ जिल्लाका विभिन्न विद्यालयहरूबाट आएका ११३ जना माध्यमिक तहका गणित शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले गणित शिक्षा परिषदको यो प्रयास अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै यसले आगामी शैक्षिक सत्रमा गणितको नतिजामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।कार्यक्रममा विशिष्ट अतिथि तथा रूपमा काठमाडौँ विश्वविद्यालयका…
वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री जमकट्टेलद्वारा सहिद तथा बेपत्ता स्मृति प्रतीक्षालय तथा चौताराको उद्घाटन
धादिङ, १–साउन वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले धादिङको धुनिवेसि नगरपालिका वडा नम्बर ५पुरानो धार्केमा निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतीक्षालयको उद्घाटन गरेका छन् । सशस्त्र द्वन्द्वकालीन सहिद तथा बेपत्ता व्यक्तिहरूको सम्झनामा निर्माण गरिएको उक्त स्मारकले इतिहास सम्झाउने तथा नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखिएको प्रतीक्षालय तथा चौतारा निर्माण समितिका अध्यक्ष दिपक सुवालले जानकारी दिएका छन् । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले गणतन्त्र तथा सङ्घीयता स्थापनाका लागि आफ्नो जीवनको बलिदान गर्ने सहिदहरू तथा बेपत्ता जनताको सम्झना र सम्मानको लागि यस्ता सार्वजनिक…
नेपालमा डिजिटल प्रविधिबाट मात्र कारोबार सम्भव होला ?
धादिङ,१–साउनहाल विश्वभर नै कारोबार प्रणाली डिजिटल प्रविधितर्फ उन्मुख भइरहेको अवस्थामा नेपाल पनि तीव्र गतिमा डिजिटल कारोबारको दिशामा अगाडि बढिरहेको छ । मोबाइल वालेट, अनलाइन बैंकिङ, ई–कमर्स र क्युआर कोडमार्फत भुक्तानीजस्ता प्रविधिहरू लोकप्रिय बन्दै गइरहेका छन् । यस्ता विकासहरूले डिजिटल प्रविधिबाट कारोबारको सम्भावना उजागर गरिरहेका छन् । हाल ई–सेवा, खल्ति, आइएमइ पे, नमस्ते पे जस्ता डिजिटल वालेटहरू देशभर लोकप्रिय हुँदै गइरहेका छन् । सरकारी सेवाहरू पनि क्रमशः अनलाइन हुँदै गइरहेका छन् । कर तिर्ने, नागरिकता फारम भर्ने, परीक्षा आवेदन दिने, बीमा भुक्तानी गर्नेजस्ता धेरै सेवा डिजिटल माध्यमबाट सहज रूपमा लिन सकिने…
