धादिङ चैत्र-२७ नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष युवराज पोखरेल वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी…
Month: April 2025
बागमती नदी मा डुबेर एकको मृत्यु
धादिङ, चैत्र-२७ रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरीको बागमती खोलामा डुबेर एक युवकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार वृन्दावन नगरपालिका- १ बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको मृत्यु भएको हो। बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मङ्गलवार दिउँसो उनको ज्यान गएको बताइएको छ । खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जयगढ बजारमा आगलागी
धादिङ, चैत्र-२६ अछामको जयगढ बजारमा आगलागी भएको छ । मङ्गलवार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गर्दा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि मङ्गलसेन नगरपालिकाको दमकल पुगेको छ। आगलागीका कारण बजारमा ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न
धादिङ २६ चैत्रधादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेलले समाजको जानेबुझेका समाजसेवी राजनीतिक दलका व्यक्तिहरुले पनि छुवाछुत…
घुसपैठ भएको भन्दै पक्राउ
धादिङ, चैत्र-२६ काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको खबरदारीमा घुसपैठ भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का, दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री रहेका छन् । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि…
राप्रपालाई बालेन शाह को धन्यवाद
काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ । उहाँले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको भन्दै मेयर शाहले धन्यवाद भन्नुभएको हो । ‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबुकमा लेख्नु भएको छ । यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाव दिनुभएको थियो । महानगरले यसअघि पनि राप्रपालाई…
गोरखाको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकालाई
धादिङ, २५-चैत्र गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा छेवेटार सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगितामा नीलकण्ठ महिला टिम च्याम्पियन बनेको हो । फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको हो । गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद विशेष आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश…
राप्रपा को सभा बल्खु मा
धादिङ, २५-चैत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते भोलिको सभा बल्खुमा गर्ने भएको छ। राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो। बल्खु र सिफल चौर मध्धे राप्रपाले बल्खु रोजेको हो। उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ। राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।…
अर्कैको जग्गा बैना गरेको भरमा साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
धादिङ चैत्र-२५अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन् ।चौलागाईँ लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । यो बाहेक उनीविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको…
हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि गर्यो पुनः उत्पादन शुरु
धादिङ, चैत्र २५झन्डै पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि सिमेन्टको उत्पादन पुनः शुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः शुरु भएको हो । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने एक हजार नौ सय मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगमा तत्कालीन समयमा एक अर्ब ५० करोड रुपैयाँमा लगानी गरिएको थियो । अहिले उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,…
