धादिङ, चैत्र-२६
अछामको जयगढ बजारमा आगलागी भएको छ ।
मङ्गलवार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गर्दा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि मङ्गलसेन नगरपालिकाको दमकल पुगेको छ।
आगलागीका कारण बजारमा ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
