हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जित्नु भएको छ । सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गर्नुभयो ।
उहाले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले जित्दै प्रथम स्थान हासिल गर्नुभयो । भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेण्डमा एक सय किलोमिटर दुरी पार गर्दै तेस्रो भइन् ।
एक सय किलोमिटर जस्तो चुनौतीपूर्ण दौडमा सुनमायाले देखाएको प्रदर्शन सबैका लागि प्रेरणादायी बनेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताउनु भयो । ‘सुनमायाको जीत प्रतिस्पर्धा जित्नेसम्म मात्र सीमित रहेन । सबै कोर्षको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम दर्ज गर्न सफल भइन्,’ उहाले भन्नुभयो ।
