न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न

धादिङ चैत्र १९ धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विद्यालयले एक कार्यक्रम गर्दै युकेजी मा अध्यनरत ९० जना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गर्नुका साथै शैक्षिक सत्र २०८१ का एसईई दिएका बिद्यार्थीहरुलाई बिदाई गरीएको हो । विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालीकाका नगर प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा काशीनाथ कोईराला, सिताराम महत, देवी कोईराला, अनुप भट्ट, मिलन…

नेपाल पत्रकार महासंघ धादिङले नेपाल सरकारलाई प्र.जि.अ. मार्फत बुझायो ध्यानाकर्षण पत्र

चैत्र १९, धादिङ नेपाल पत्रकार महासंघ धादिङले पत्रकार हत्या तथा मिडिया आक्रमण विरुद्ध नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । चैत्र १५ गते विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । काठमाडौं स्थित तिनकुनेमा एक पत्रकार सहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको…

हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी मिल्काइयो: सांसद दीपक गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी मिल्काएको बताउनुभएको हो । नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उहाँको आरोप छ । उहाँले थप्नुभयो, ‘संविधान निर्माणका क्रममा जनताले दिएको रायको बेवास्ता गरिएको छ । त्यति बेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेका थिए । कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन । संसारभरि एउटा हिन्दु…

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुग्नुभएको छ । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक पुग्नु भएको हो । उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नु भएको हो । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा…

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्दा पेट्रोल यथावत्

धादिङ, चैत्र १९ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । अब उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर एकसय ४९, हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ५२ कायम भएको छ भने पेट्रोलको मूल्य यथावत् रहेको छ 

आगलागी हुँदा २६ घर जल्यो, ३१ लाखको क्षति

चैत्र १९, धादिङ सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ ।सोमबार दिउँसो हरिनगर गाउँपालिका—५ मलदैया टोलमा आगलगी हुँदा मुस्लिम समुदायको बसोबास भएको ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ का दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण भने खुलीसकेको छैन । दिउँसो करिब ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको…

१२औँ खेलमा मुम्बई इन्डियन्स विजयी

धादिङ,चैत्र-१९ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ। मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो। जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको थियो। कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे। मुम्बईको लागि रायन रिकेलटनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए। उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका प्राहार गरे । यस्तै, सूर्यकुमार यादवले…