१२औँ खेलमा मुम्बई इन्डियन्स विजयी

धादिङ,चैत्र-१९

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो। जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको थियो।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे। मुम्बईको लागि रायन रिकेलटनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए। उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका प्राहार गरे । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए। मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍याे। कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो। कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए। उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुन्।

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए। त्यस्तै, हर्षित राणाले चार, वेंकटेश अय्यरले तीन, क्विन्टन डि कक र स्पेन्सर जाँनसन समान एक/एक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन्। कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो। मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका थिए।

Related posts

Leave a Comment