साहित्यकार सौगात रिजालका गजलहरु

एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ ।

अप्ठ्यारो पर्छ ,आगामी दिन घर बिग्रन्छ ।।

तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला ।

मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ।।

आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर ।

श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ ।।

छोरो विदेशमा छ बुहारीको निको चाला छैन ।

बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ ।।

बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास् ।

बुहारीलाई नदेखा “यत्तिका रिन घर बिग्रन्छ ।।

बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ ।

हुनदेउ छोरा हामी किसानीको यहि त इज्जत छ ।।

कोहि सुनकै महलमा सुतेर पनि निदाउन सकेनन् ।

बाबू हामी त्रिपालमा भए पनि खुशी त बचत छ।।

छोरा ठुलो भएर तिमी असल वाल्मीकि बन्नुपर्छ ।

खै बा थाहा छैन छनत रत्नाकर हरुकै संगत छ ।।

जसलाई शरिर छुटे पछि मेरो सम्झना सम्म छैन ।

उहि निष्ठुरी को चित्र यो दिल भित्र हिफाजत छ ।।

खुशी हुन सकिन्न कहिले निको हुन्न मनको घाउ ।

मित्र ज जस्को बिर्सने लाई सम्झिरहने लत छ।।

Related posts

Leave a Comment