एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ ।
अप्ठ्यारो पर्छ ,आगामी दिन घर बिग्रन्छ ।।
तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला ।
मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ।।
आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर ।
श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ ।।
छोरो विदेशमा छ बुहारीको निको चाला छैन ।
बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ ।।
बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास् ।
बुहारीलाई नदेखा “यत्तिका रिन घर बिग्रन्छ ।।

बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ ।
हुनदेउ छोरा हामी किसानीको यहि त इज्जत छ ।।
कोहि सुनकै महलमा सुतेर पनि निदाउन सकेनन् ।
बाबू हामी त्रिपालमा भए पनि खुशी त बचत छ।।
छोरा ठुलो भएर तिमी असल वाल्मीकि बन्नुपर्छ ।
खै बा थाहा छैन छनत रत्नाकर हरुकै संगत छ ।।
जसलाई शरिर छुटे पछि मेरो सम्झना सम्म छैन ।
उहि निष्ठुरी को चित्र यो दिल भित्र हिफाजत छ ।।
खुशी हुन सकिन्न कहिले निको हुन्न मनको घाउ ।
मित्र ज जस्को बिर्सने लाई सम्झिरहने लत छ।।
