इन्डियन प्रिमियर लिग आईपीएलमा डिफेन्डिङ च्याम्पियन्स कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।
इडेन गार्डेनमा भएको खेलमा सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
कोलकाताको जितमा फिल साल्ट र विराट कोहलीले अर्धशतकीय पारि खेले भने रजत पाटिदारले ३४ रनको योगदान दिए । बलिङतर्फ बैंगलुरुका लागि कुर्णाल पाण्ड्याले ३ विकेट लिँदा जोश हेजलउडले २ विकेट लिए । त्यस्तै यस दयाल, रासिक सलामन र सुयस शर्माले १/१ विकेट लिए ।

कोलकाताका लागि अजिङ्क्या राहाणेले अर्धशतकीय पारी खेले भने सुनिल नरेनले ४४ तथा अङ्गकृस रघुवंशीले ३० रनको योगदान दिए । बलिङतर्फ कोलकाताका लागि वैभव अरोरा, बरुण चक्रवर्ती र सुनिल नरेनले १/१ विकेट लिए ।
आईपीएलमा आज पौने ४ बजे सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्नेछ भने पौने ८ बजे चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् ।
