हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो

धादिङ, चैत्र-१० ईशान किशनको शानदार शतकमा विशाल योगफल बनाएको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको हो । हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो । ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए भने सन्जु सामसनले ६६ रन बनाए । शिम्रोन हेटमायरले ४२ रन बनाउँदा शुभम दुवे ३४ रनमा अविजित रहे । हैदराबादका लागि सिमरजित सिंह र हर्षल पटेलले २-२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए…

हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ, चैत्र-१० चितवनबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको हाइस नागढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ग १ ख ५५४६ नम्बरको  हाइस चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा आज अपरान्ह पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनु भयो । दुर्घटनामा घाइते भएकी २६ वर्षिय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन ।  त्यस्तै चितवन कालिका नगरपालिका– ७  घर भएकी  ६८  वर्षीया तारादेबी कुमाल गम्भीर…

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने अभियानको अंशको रुपमा लाखौँ आप्रवासीको कानुनी हैसियत खारेज गर्ने घोषणा गरिएको हो । ट्रम्पले मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पको आदेशले अमेरिका पुगेका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई प्रभावित गर्नेछ । अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि गैरकानुनी रूपमा बसोबास गरेका भनिएका आप्रवासीले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन् । ति आप्रवासीले अप्रिल २४ सम्ममा संयुक्त राज्य अमेरिका छोड्नुपर्ने…

बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएलमा डिफेन्डिङ च्याम्पियन्स कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ । इडेन गार्डेनमा भएको खेलमा सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य पूरा गरेको हो । कोलकाताको जितमा फिल साल्ट र विराट कोहलीले अर्धशतकीय पारि खेले भने रजत पाटिदारले ३४ रनको योगदान दिए । बलिङतर्फ बैंगलुरुका लागि कुर्णाल पाण्ड्याले ३ विकेट लिँदा जोश हेजलउडले २ विकेट लिए । त्यस्तै…

सुन चाँदीको मूल्य घट्यो

धादिङ चैत्र १०,  आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।  व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ । 

डुबेर डेढ वर्षीया बालिकाको ज्यान गयो

धादिङ, चैत्र १० धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीमा डुबेर डेढ वर्षीया बालिकाको ज्यान गएको छ । सन्जिव परियारको डेढ वर्षिया छोरी सन्जिवनीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनु भयो। अध्यक्ष श्रेष्ठका अनुसार घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा पानीमा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर छन् । आमा घर भित्रको काम गरिरहेको समयमा घरको आँगनमा रहेको पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ ।