नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ। “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी…
Day: March 16, 2025
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन गर्न शाहीको चेतावनि
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे। सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए। त्यस्तै उनले विभिन्न कालखण्डका…
फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु अलोकतान्त्रिक
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे। उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरिएपछि आएको हो। बमले शनिबार हेटौंडामा दाहालको तस्बिर जलाएका थिए। उनले सिन्धुपाल्चोकमा पूर्व राजा लक्षित दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै विरोध स्वरूप यस्तो गरेको बताएका थिए।
पेट्रोलियम पदार्थको मूल्यमा भारि गिरावट
धादिङ- पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । काठमाडौँ उपत्यकामा अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ प्रती लिटर कायम भएको छ ।
