नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा टुंगियो

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भएतापनि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। खेलको छैटाैं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसको ११ औं मिनेटमै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ विंगबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई खेलमा फर्काइन्। १६औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो। मे लुले चेस्लेले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै गोल गरिन् र टोलीलाई २-१…

भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स् ट्रफि अन्तर्गत आजको खेल समुह ए को भारत र पाकिस्तान बिच हूँदै छ । खेल नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे दुवईमा हुनेछ । समुह ए को सम्पन्न खेलमा भारत विजयि र पाकिस्तान पराजित भएको थियो । भारत र पाकिस्तान क्रिकेटका पुराना पर्तिद्वन्दि हुन् । भारत र पाकिस्तान बिचको खेललाई विशेष रुपमा हेरिन्छ । यो खेल दुवाई स्थित दुवाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको हो । भारत र पाकिस्तान बिचको राजनैतिक किचलोको कारण एक आर्कामा दुस्मनि पुरानो छ । केहि समय अगाडि आई सि सि ले यि दुई राष्ट्र…

अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हरायो

च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो । पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर…

बागमती प्रदेश अधिवेशनमा निर्वाचित टिमलाई प्रेस सेन्टर नेपाल धादिङद्धारा बधाई ज्ञापन

प्रेस सेन्टर नेपाल धादिङद्धारा बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित धादिङका राजन अधिकारी र गिता अधिकारीलाई बधाई तथा सम्मान गरिएको छ । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती धादिङको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर नेपालको बागमती प्रदेशको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित राजन अधिकारी र कार्यसमिती सदस्यमा सर्वसम्मत निर्वाचित गिता अधिकारीलाई बधाई तथा शुभकामना दिदै सम्मानपत्रले सम्मान समेत गरेको हो । प्रेस सेन्टर नेपाल धादिङका अध्यक्ष एवम् सामुदायिक रेडियो रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य…

न्यु किबो बोर्डिङ स्कुलले अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

धादिङ -धादिङको न्यु किबो बोर्डिङ स्कुलद्धारा अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार विद्यालयको वार्षिक अभिभावक दिवसको अवसरमा धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुको अभिभावकहरुको लागि अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको हो । विद्यालयले चर्चित मोटिभेशनल स्पिकर वि. के. शर्माद्धारा अभिभावकहरु कसरी जिम्मेवारी बन्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण गराएको थियो । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई दण्ड सजाय र आफ्नो रुष्ट बोली व्यवहारबाट नभई उनिहरुलाई मायाले सम्झाएर उनिहरुको खराब प्रवृत्तिलाई हटाउनुपर्ने शर्माले बताउनुभयो । उहाँले विद्यार्थीहरुले पढाईमा ध्यान लगाएन भन्दै विद्यालय फेर्ने गल्ती नगर्न…

आज अस्ट्रेलिया र ईङ्ल्यान्ड भिड्दै

च्याम्पियन्स् ट्रफि अन्तर्गत समुह बि को अस्ट्रेलिया र ईङ्ल्यान्ड बिचको खेल आज नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे हुँदै छ । उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ । यस अघिको खेलमा क्रमश न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका बिजयी भएका छन् । फइनल खेल फागुन २५ गते हुनेछ ।

दक्षिण अफ्रिकासँग हार्यो अफगानिस्तान

च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ। शुक्रबार कराँचीको राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीले ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो। जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका रायन रिकेलटनले शतक प्रहार गरे। उनी खेलको उत्कृष्ट खेलाडी पनि भए। एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए। कागिसो रबाडाले ३ र लुंगी न्गिडीले २ विकेट लिए।  अफगानिस्तानका रहमत शाहले ९० रन बनाए। मोहम्मद नाबीले २ विकेट लिए।

बिहेको निम्तोमा गएका दुई समूहबिचको झडप एकजनाको मृत्यु

ganesh news

बाजुराको बुढीगंगा नगरपालिका– ८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबिचको झडपमा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा– ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समूहबिच दोहोरो झडप भएको थियो। झडपमा परी थापा घाइते भएका थिए। अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहराले जानकारी दिए। उनका अनुसार आरोपित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा बुढीगंगा– ७…

साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा साउथ अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।   ओपनर रिआन रिकेल्टनले १०३ रन बनाएको साउथ अफ्रिकन इनिङ्समा क्याप्टेन टेम्बा बाभुमा, रसी दुसेन र एइडेन मारक्रमले अर्धशतक प्रहार गरे । बाभुमा ५८ र दुसेन ५२ रनमा आउट हुँदा मारक्रम भने ५२ रनमा नटआउट रहे ।   च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यू म्याचमा मोहमद नाबीले २ तथा फजुल्लाक फरुदी, अज्मातुल्लाह ओमारजाई र नूर अहमदले समान एक…

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिताको उद्दघाटन समारोह सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता उद्दघाटन समारोह सम्पन्न भएको छ । वडाको चण्डेश्वरी माध्यमिक विद्यालय परिषरमा आज एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले उक्त प्रतियोगिताको उद्दघाटन गर्नु भएको हो । चण्डेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उद्दघाटन समारोहमा नेपाल नगरपालिका संघको अध्यक्ष एवम् नीलकण्ठ नगरपालिका को प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारी, नेपाल सितोरियो…