प्रेस सेन्टर नेपाल धादिङद्धारा बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित धादिङका राजन अधिकारी र गिता अधिकारीलाई बधाई तथा सम्मान गरिएको छ ।
शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती धादिङको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर नेपालको बागमती प्रदेशको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित राजन अधिकारी र कार्यसमिती सदस्यमा सर्वसम्मत निर्वाचित गिता अधिकारीलाई बधाई तथा शुभकामना दिदै सम्मानपत्रले सम्मान समेत गरेको हो ।
प्रेस सेन्टर नेपाल धादिङका अध्यक्ष एवम् सामुदायिक रेडियो रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता र जिल्ला संयोजक मनराज भण्डारी शैलेसको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य धादिङ जिल्ला ईन्चार्ज नारायण सिलवाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेशका उपाध्यक्ष राजन अधिकारी, पत्रकार महासंघ धादिङका कोषाध्यक्ष बद्री अधिकारी, नीलकण्ठ नगर पार्टी उपाध्यक्ष अमृत तामाङ, योङ कम्युनिष्ट लिग(वाईसीयल)धादिङका संयोजक राजन अधिकारी(ज्वाला)लगायत प्रेस सेन्टर नेपाल धादिङका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
