आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ओमानलाई हरायो । अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो । यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड…
Day: February 18, 2025
धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न
धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा वडा नम्बर ९ सल्लाघारी वनमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो । डढेलो नियन्त्रण गर्दा कसरी सुरक्षित अपनाउने भन्ने बारेमा जानकारी गराउने उद्धेश्यले आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको विष्णु प्रसाद आचार्यले बताउनुभयो । डढेलो नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्ने र त्यसको लागि डिभिजन वन कार्यलयले प्राविधिक सहयोग गर्ने पनि आचार्यले बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले मानिसहरुले घासको लोभले जानाजान वन जंगलमा आगो लगाउने…
थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
थोपल खोला किनारमा भेटिएको शवको पहिचान
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
धादिङको थोपल खोलामा शव फेला,
काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा एक जनाको शव भेटिएको छ । थोपल खोला किनारा नजिकै एक जना पुरुषको शव भेटिएको स्थानीय राम तामाङले बताए । तामाङका अनुसार थोपल खोला माथी रहेको झोलुङ्गे पुलको सिधा तल बगरमा शव रहेको छ । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धादिको प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार थोपल खोलाको बगरमा भेटिएको मृतक पुरुष करिव ३५ वर्षको रहेको छ । मृतकको पहिचान खुलेको छैन । पोष्टमार्टमका लागि शवलाई धादिङ अस्पताल ल्याइएको छ । घटना बारे…
