गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने

धादिङको गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । बुधबार गाउँपालिकाले सुचना जारी गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि मिति २०५२ फागुन १ गतेदेखि सुरू गरिएको महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८१ फागुन १ गते विहीवारका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

ganesh news

 अध्यक्षस्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ। लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका रवीन साम्रा निर्वाचित भएका छन् । पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख…

विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुट्यो

खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुटेको बताउनु भएको छ । बुधबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताउनु भएको हो । ‘आज दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ,’ उनले लेखेका छन्, ‘म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको…

काठमाडौंमा  स्कुल बस दुर्घटना

काठमाडौंको शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा  स्कुल बस दुर्घटना भएको छ । नगरकोट पिकनिक गएर आउँदै गरेको चाबहिलको एसएस एकेडेमीको स्कुल बस शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।  घट्नाको थप विवरण आउन बाँकी छ ।

मेलम्चीको पानीले काठमाडौँमा बाढी, सरकारी कार्यलय डुबान

३० माघ, धादिङ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ। उहाँका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

प्रहरीलाई र्दुव्यवहार गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

धादिङ गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिनुभएको छ । आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो । देशका केही ठाउँमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न…

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको ज्यान गयो

धादिङआगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभएको छ ।

इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत ?

इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्धविराम अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण…

मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी नखेल्ने

अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम…