धादिङ जिल्ला सदरमुकाम धादिङबेशीमा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ । गत शनिबार देखि सुरु भएको तीन दिने तालिम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा दुई अनलाईन दर्ता, दुई अनलाईन नवीकरण तथा १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा मोबाईल जर्नालिजम(मोजो),…
Day: February 10, 2025
रवि लामिछानेलाई थुनामै राख्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ। जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा रिहा गर्ने आदेश बदर गरी थुनामै पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले आइतबार मुद्दा दायर गरेको हो। स्वर्णलक्ष्मी सहकारीको ठगी आरोपमा चार जनालाई धरौटीमा रिहा गर्ने आदेश भएसंगै उनीहरु सबैलाई थुनामै राख्न उच्च सरकारी वकिलले माग गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्ता उपसमितिका सदस्य कमल लामालाई पनि थुनामा राख्न माग गरिएको छ। यसअघि सभापति…
संसद भवन प्रवेश गर्न खोजेको आरोपमा एक युवा पक्राउ
धादिङ संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
ससाह ज्यामिरेमा शिशुको शव फेला, घटनाबारे थप अनुसन्धान जारी
धादिङ धादिङको नीलकण्ठ नगरपालिका वडा नं -८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । सोमबार ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो । केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । मृतक शिशुको शव करिव ३ किलोको रहेको छ। शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले…
