चुरोटको मूल्य तिन गुणा बढाऔं— स्वास्थ्य मन्त्री पौडेल

धादिङ, वैशाख—१६स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गर्नुभएको छ । साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्‍याउन पनि उहाँले प्रस्ताव गर्नूभएको छ। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताउनुभयो । यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई छ । उहाँले स्वास्थ्य…

बोहरालाई हेलिकोप्टरबाट उद्धार

धादिङ, वैशाख—१६ सिमकोट गाउँपालिका-२ की १६ वर्षीया पुष्पा बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार एक्कासि उच्च रक्तश्रावको समस्या देखिएपछि ठेहे  स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा रेफर गरिएको हो।  बेथा लागेर उच्च रक्तश्राव भएकी किशोरीको पेटभित्रको बच्चा उल्टो भएपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर उमाकान्त तिवारीले बताउनुभयो। न्यूनतम् ३७ हप्तादेखि ४० हप्ताभित्र हुनुपर्ने हो तर २८ हप्तामै बेथा लागेको बताउनुभयो। ‘चेकजाँच गर्दा बच्चाको मुटुको धड्कन ठीक थियो। हुम्लामै अप्रेसन गर्न पनि सकिन्थ्यो। तर जिल्ला अस्पतालमा एनआईसीयु नुहुँदा हेलिकोप्टरबाट उद्धार गरिएको हो’, डाक्टर तिवारीले भन्नुभयो। 

बिजुलीको पोलबाट करेन्ट लाग्दा जिपमा सवार ४ जनाको मृत्यु , २ घाईते

धादिङ बैशाख-८ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । उक्त घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उहाँले बताउनुभयो।

कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

धादिङ बैशाख-७ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तिनपाटन गाउँपालिका– ९ का २६ वर्षिय मिन बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको बताउनुभयो ।

एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एकजनाको मृत्यु

धादिङ बैशाख-६ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका वडा नं १ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो…

आज पनि देशका केहि भागमा वर्षाः वातावरणमा क्रमिक सुधार

धादिङ चैत्र ३०देशका विभिन्न ठाउँमा अहिले वर्षा भईरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।

वरिष्ठ पत्रकार भैरव रिसालको उपचारका क्रममा निधन

धादिङ,चैत्र-२५ वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा गएराति निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । त्यसकारण उहाँको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । २०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो…

देशका धेरै ठाउँमा मौसम धुम्म, मङ्गलवारदेखि मात्र सुधार आउने

धादिङ चैत्र २४आज देशका धेरै ठाउँमा मौसम धुम्म छ । कोशीका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको हो । कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको छ । काठमाण्डौमा वायु प्रदूषण उच्च भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा या ठूलो हावा चल्यो भने मात्रै प्रदूषण कम हुदै जाने छ । आउँदो मङ्गलवारदेखि…

धादिङ अस्पताल धादिङमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

धादिङ, चैत्र २३धादिङ अस्पताल धादिङमा आज निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा सम्पन्न भएको शिविरबाट ४१ जनाले सेवा लिएका छन् । शिविरमा त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन डाक्टर दिनेश कोइराला, बरिष्ठ पेट, आन्द्रा र कलेजो रोग विशेषज्ञ सर्जन डाक्टर जयन्त शाह र वीर अस्पतालमा कार्यरत वरिष्ठ मस्तिष्क तथा मेरुदण्ड विशेषज्ञ सर्जन डाक्टर प्रनभ रेग्मीद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । जस अन्तर्गत ५ जनाले बाल रोग सेवा, २७ जनाले पेट, आन्द्रा र कलेजो…

धादिङ अस्पतालमा शनिबार निःशुल्क स्वास्थ्य परिक्षण हुँदै

धादिङ , चैत्र २२ धादिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । भोली शनिबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो । उक्त शिविरमा त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज र वीर अस्पतालमा कार्यरत बरिष्ठ पेट, आन्द्रा र कलेजोको विशेषज्ञ सर्जन, वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन र वरिष्ठ मस्तिक तथा मेरुदण्ड विशेषज्ञ सर्जन द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुने भएकाले सबैमा सेवा लिन आग्रह गरिएको छ । शिविर बिहान १० बजे देखि धादिङ अस्पताल प्राङ्गणमा सुरु हुने छ ।