कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

धादिङ बैशाख-७

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तिनपाटन गाउँपालिका– ९ का २६ वर्षिय मिन बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको बताउनुभयो ।

Related posts

Leave a Comment