धादिङ गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिनुभएको छ । आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो । देशका केही ठाउँमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न…
Category: राजनीति
Politics
इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत ?
इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्धविराम अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण…
पीडक विरुद्ध मुद्दा नचल्ने भएपछि बालेन साहले पीडित बालिकासँग माफी मागे
नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्। मेयर साहले लेखेका छन्,’सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा…
धादिङमा विविध कार्यक्रम गरी मनाईदै जनयुद्ध दिवस
धादिङ धादिङमा ३० औं महान् जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । उक्त दिवसको अवसरमा फागुन १ गते विहिबार बिहान नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला अस्पताल धादिङमा रहेका विरामीहरुलाई फलफूल वितरण र सोही समिति द्धारा रक्तदान कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव हरि कृष्ण लम्सालले जानकारी दिनुभयो । सोही दिन दिउँसो नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा “जनयुद्ध र समाजवाद उन्मुख संविधान” विषयमा अन्तर्क्रिया कार्यक्रम गरिने र सोही दिन साँझ योङ कम्युनिष्ट लिग (थ्ऋी) जिल्ला समन्वय समिति धादिङ…
रवि लामिछानेलाई थुनामै राख्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ। जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा रिहा गर्ने आदेश बदर गरी थुनामै पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले आइतबार मुद्दा दायर गरेको हो। स्वर्णलक्ष्मी सहकारीको ठगी आरोपमा चार जनालाई धरौटीमा रिहा गर्ने आदेश भएसंगै उनीहरु सबैलाई थुनामै राख्न उच्च सरकारी वकिलले माग गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्ता उपसमितिका सदस्य कमल लामालाई पनि थुनामा राख्न माग गरिएको छ। यसअघि सभापति…
ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी नेताहरु पक्राउ
ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो । गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेका थिए । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण…
जुम्लामा गृहमन्त्रीविरुद्ध राँके जुलुस, राजीनामा माग
अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राँके जुलुससहित नाराबाजी गरिएको छ। जुम्लामा दलित अगुवा युवाहरूले राँके जुलुससहित गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, जुम्ला अगाडि जुलुस निकालेका उनीहरूले ‘जाति विभेद अन्त्य गर’, ‘गृहमन्त्री राजीनामा दे’लगायतका नारा लगाएका छन्। आन्दोलित युवामध्ये नन्द तिरुवाले संसद्मा गृहमन्त्रीको उत्तर चित्तबुझ्दो नभएको भन्दै थप आन्दोलन गर्नुपरेको बताए। आन्दोलित युवाहरूले यो विषयमा न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका छन् । गत बुधबार जिल्लास्थित विभिन्न पार्टीका भातृ सङ्गठन तथा दलित अगुवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय,…
कांग्रेस सभापति अच्युत कलौनी मृत फेला
काठमाण्डौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला पर्नुभएको छ । उहाँ भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिकै बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ४३ वर्षीय कलौनीलाई बिहान पौने ८ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अवस्थामा बाहिरी शरीरमा कुनै चोट नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डीएसपी जोशीले बताउनुभएको छ ।
आशिका तामाङ १० हजार धरौटीमा रिहा
अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छिन्। उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।
संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा जुटे सभामुख र दलहरू
यही माघ १८ गतेदेखि आह्वान भएको संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख र दलहरू जुटेका छन्। आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख र दल आ–आफ्नै किसिमले तयारीमा जुटेका हुन्। यस क्रममा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका ठुला दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्। सभामुख घिमिरेले काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्नुभएको हो । राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा पुगेका विधेयकबारे सत्तापक्षको धारणा बुझ्न सभामुखले छलफल गरेको बताइएको छ। विशेष गरी संवैधानिक परिषद् सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूको…
