नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताउनुभयो । ‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिका मध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान…

गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने

धादिङको गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । बुधबार गाउँपालिकाले सुचना जारी गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि मिति २०५२ फागुन १ गतेदेखि सुरू गरिएको महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८१ फागुन १ गते विहीवारका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

ganesh news

 अध्यक्षस्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ। लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका रवीन साम्रा निर्वाचित भएका छन् । पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख…

विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुट्यो

खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुटेको बताउनु भएको छ । बुधबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताउनु भएको हो । ‘आज दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ,’ उनले लेखेका छन्, ‘म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको…

काठमाडौंमा  स्कुल बस दुर्घटना

काठमाडौंको शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा  स्कुल बस दुर्घटना भएको छ । नगरकोट पिकनिक गएर आउँदै गरेको चाबहिलको एसएस एकेडेमीको स्कुल बस शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।  घट्नाको थप विवरण आउन बाँकी छ ।

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको ज्यान गयो

धादिङआगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभएको छ ।

पीडक विरुद्ध मुद्दा नचल्ने भएपछि बालेन साहले पीडित बालिकासँग माफी मागे

नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्। मेयर साहले लेखेका छन्,’सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा…

धादिङमा विविध कार्यक्रम गरी मनाईदै जनयुद्ध दिवस

धादिङ धादिङमा ३० औं महान् जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । उक्त दिवसको अवसरमा फागुन १ गते विहिबार बिहान नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला अस्पताल धादिङमा रहेका विरामीहरुलाई फलफूल वितरण र सोही समिति द्धारा रक्तदान कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव हरि कृष्ण लम्सालले जानकारी दिनुभयो । सोही दिन दिउँसो नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा “जनयुद्ध र समाजवाद उन्मुख संविधान” विषयमा अन्तर्क्रिया कार्यक्रम गरिने र सोही दिन साँझ योङ कम्युनिष्ट लिग (थ्ऋी) जिल्ला समन्वय समिति धादिङ…

ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी नेताहरु पक्राउ

 ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो । गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेका थिए । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण…

हिमपातको सम्भावना

आजदेखि पर्सि सोमवारसम्म हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसँगै एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम सामान्यतया सफा रहने अनुमान छ । भोलि र पर्सि भने बाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ…