तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना…

अछाममा किशोरीहरु मृत भेटिएको घटनाः प्रदेशको टोली ले सुरु गरे अनुसन्धान

घटना स्थलको तस्बिर

१५ माघ, धनगढी । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताउनुभयो।‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,’ उहाँले भन्नुभयो,…

च्याट जीपीटी जस्तै चाइनिज डीपसीक, अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित

१५ माघ, काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्च गरेको छ । यसले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाएको बीबीसीले जनाएको छ । कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा लञ्च भएपछि अमेरिकी शेयर बजारमा कयौं ठूला कम्पनीको शेयर मूल्य घटेको छ । यसको सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यो कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट…

काठमाण्डौमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध

काठमाण्डौ – काठमाण्डौका केही ठाउँमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज मङ्गलवार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भोलि बुधवार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, पर्सि बिहीवार शङ्खमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । आउने शुक्रवार केएमसी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण…