धादिङ लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का

 सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का धादिङसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।…

सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न

धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ । धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा…

नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने बताउनु भएको छ ।   हुलाकी मार्ग केन्द्रित तराई मधेश जनजागरण अभियानका क्रममा सुनसरी पुगेका अध्यक्ष प्रचण्डले  बिहीबार बिहान बर्जु गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै  अभियानले दक्षिण क्षेत्रमा बस्ने आम नागरिकहरुलाई समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनु भएको हो । देशको सिमानाको सुरक्षा गरेर सदियौँदेखी बस्दै आएका  दक्षिण क्षेत्रका नागरिकहरुलाई राज्यले अझै पनि विभेद गर्दै आएकोले नै विकासमा पछाडि परिरहन बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले यो समस्यालाई राष्ट्रिय मुद्दा बनाएर संघर्षमार्फत स्थापित गराउन…

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिनुभयो। सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना…

नेकपा माओवादी केन्द्र धादिङले सहिद सप्ताह मनाउने

नेकपा माओवादी केन्द्र धादिङले आजबाट २१ गते सम्म सहिद सप्ताह मनाउने भएको छ । २०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै आएको कारण यस वर्ष पनि सहिद सप्ताह मनाउन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र धादिङले प्रेस वक्तव्य जारी गर्दै धादिङबाट ११२ जना सहिदहरु, २८ जना वेपत्ता योद्धाहरु सहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा…

नेपाल फाइनलमा पराजित

फाइनलमा पराजित भएसँगै फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमार गोल गर्न सफल भएको थियो ।  ६२औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसको दुई मिनेटपछि नै क्याप्टेन विन थियाङ थुमले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । सोपछि कुनै गोल हुन सकेन र नेपाल उपविजेतामा सीमित हुन पुग्यो । लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको…

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनका लागि भक्तजनको भीड

धादिङ आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो रहेको छ ।

महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दै

 चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ। नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । धादिङको शिद्धलेक,पशुपति मन्दिर,गुप्तेश्वरी,गोगनपानीमा रहेको बागबछला महादेव मन्दिर,महेशदोभावनमा रहेको शिव मन्दिर लगायतका मन्दिरहरुमा विशेष मेला लाग्दैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

धादिङमा ट्यांकर दुर्घटना २ जनाको मृत्यु

धादिङमा पानी बोकेको ट्यांकर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । गए राति धादिङको गुप्तेश्वरमा पानी बोकेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा प्र–०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो । राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने…