इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्याे। बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ । दोस्रो…
Author: गणेश संवाददाता
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह बीको अन्तिम खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूहविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । तीनवटै खेलमा पराजय व्यहोरेको इंग्ल्याण्डले कुनै पनि अंक नजोडी प्रतियोगिताको अन्त्य गरेको छ । इंग्ल्याण्ड अस्ट्रेलिया र अफगानिस्तानसँग यसअघ पराजित भएको थियो । इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । राशी भान डेर डुसेनले अविजित ७२ रन बनाउँदा हेनरिच क्लासेनले ६४ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले २ तथा आदिल राशिदले १ विकेट लिए…
धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवलाई
धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एमवाईसी) ले जितेको छ । धादिङ फुटबल क्लव (डिएफसी) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी. ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो । शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एमवाईसी ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गर्यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डिएफसी र एमवाईसी बीचको फाइनल भीडन्त रोचक…
नेपाल विद्युत् प्राधिकरणले आज बिजुली कटौती गर्ने
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती ठाउँमा बिजुली काटिने भएको हो । यस्तै मूलपानी सबस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सबस्टेशनमा प्राविधिक कामका लागि ती…
जेलेन्स्की र ट्रम्पबीच मतभेद
महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ । ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन…
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा धादिङवेशी क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बागमती प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, पूर्व चिनिया राजदुत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य विष्णु पुकार श्रेष्ठ,बागमती प्रदेश…
डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
धादिङ नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।
प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी
जिल्लाको सदरमुकाम धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी प्रवेश गरेका छन् शुक्रबार सेमिफाइनलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै, आयोजक डिएफसीले शिवदल गणविचको खेलमा निर्धारित समयमा गोलरहित रह्यो । कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका…
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ । शुक्रबार बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सुरु भएको उक्त महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजना तथा स्थानीय स्तरका सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार उद्घाटन गरिएको हो । महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र…
देशका विभिन्न ठाउँमा वर्षा तथा हिमपात, भोलि देखि मौसममा क्रमिक सुधार हुने
देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा २० दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । यसवर्षको हिउँदयाम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो । यसको असर पश्चिममा बढी परेको छ । भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मू काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा…
