आजको नेपाली समाजलाई नजिकबाट हेर्दा एउटा गहिरो चिन्ता देखिएको छ । प्रविधि र सूचनाको पहुँच बढे पनि सोच्ने, विश्लेषण गर्ने र सही–गलत छुट्टाउने विवेक भने झन् झन् कमजोर बन्दै गएको अनुभूति धेरैले गर्न थालेका छन् । सामाजिक व्यवहार, राजनीतिक प्रतिक्रिया र अनलाइन गतिविधिहरूले यो अवस्थालाई झन् स्पष्ट पारिरहेको छ । सामाजिक सञ्जाल अहिले विचार व्यक्त गर्ने मुख्य माध्यम बनेको छ । तर यिनै माध्यममा तथ्य नजाँचीकन समाचार र टिप्पणीहरू सेयर हुने क्रम बढ्दो छ । भीडले भनेको कुरा नै सही ठान्ने, भावनामा बगेर प्रतिक्रिया दिने र असहमतिको स्वरलाई गालीगलौजले दबाउने…
Author: गणेश संवाददाता
नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा निःशुल्क सीपमूलक तालिम सुरु,
धादिङ, मंसिर–२६ नीलकण्ठ नगरपालिका–४, खानीगाउँस्थित नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत सञ्चालन हुने ३५० घण्टे निःशुल्क सीपमूलक ६५ दिने तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। तालिमको हरेक बिधामा २०–२० जना छनोट भएका थिए । कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले प्राविधीक शिक्षाको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता को अन्त्य भएको बताए । उक्त कार्यक्रम शिक्षालय प्रमुख नरेश बरालको सभापतित्वमा सम्पन्न भएको हो। समारोहमा स्थानीय सरोकारवाला, समुदायका अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।शिक्षालयका अनुसार तालिम २०८२ मंसिर २८ गतेदेखि नियमित रूपमा सुरु हुनेछ। यसपटक शिक्षालयले…
वेनीघाट वाइसीएलद्वारा तिहार विशेष उपहार कार्यक्रम सम्पन्न
धादिङ, ०२-कात्तिक तिहारको अवसरमा वेनीघाट रोराङ गाउँपालिका वाइसीएल धादिङद्वारा आयोजित तिहार विशेष शुभकामना तथा उपहार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ वेनीघाट रोराङ गाउँपालिका–७ घार्टीमा आयोजना गरिएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) रहेका थिए। कार्यक्रममा वाइसीएल वेनीघाट रोराङ अध्यक्ष रामसरन बराम, वाइसीएल धादिङ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन लामा, वाइसीएल धादिङ सचिव सन्तोष रेग्मी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक…
मनपरी भाडा असुल्दै उत्तरी धादिङ चल्ने सवारी साधन
धादिङ, २४–असोज उत्तरी धादिङमा चल्ने सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । खनियाँबास गाउँपालिका–१ पेर्चो देखि धादिङबेँसीसम्म चल्ने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले हजार रुपियाँको टिकट काटेर १ हजार पाँच सय रुपैयाँ लिदै आएको यात्रुहरुले गुनासो गरेका छन् । चाडपर्वको समयमा भन्दै बढी भाडा लिदै आएको संयुक्त यातायात प्रा.लि.का सवारीसाधनहरूले दशै सकिएर दिपावली लाग्नै लाग्दा समेत महंगो भाडा असुल्दै आएको सुवम तामाङले बताए । चलानीमा १ हजार रुपैयाँ लेखिए पनि १ हजार पाँच सय रुपियाँ भाडा असुल्ने गरेका छन्’ उनले भने– ‘केही दिन त चाडपर्वको समय भएर…
कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
धादिङ, २२– असोज आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा आज भएको टसमा कुवेतका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। यो निर्णयसँगै नेपालले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ। विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ छनोट प्रतियोगिता खेलिरहेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। नेपाली टोली बलियो ब्याटिङ प्रदर्शन गर्दै कुवेतसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने दाउमा छ। खेल केही बेरमा सुरु हुँदैछ।
बालेन शाहः पतन भएको फरिश्ता कि चेतना फैलाउने “प्रकाश”
डा. निकोलस भुसालले काठमाडौँका मेयर बालेन शाहलाई “लुसिफर” भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यो प्रश्न अल्झिएको छ । बाइबलको अनुसार लुसिफर पतन भएको फरिश्ता हो, तर लाटिनमा यसको अर्थ फेरि “प्रकाश ल्याउने” पनि हुन्छ । डा। भुसालका अनुसार, बालेन सहर व्यवस्थापनमा कठोर, नियम तोड्ने र परम्परागत राजनीतिक प्रणालीसँग जुध्ने शैलीका पात्र हुन् — उनी “पतन भएको फरिश्ता” जस्तो देखिन्छन् । तर समर्थकहरू भने बालेन भ्रष्ट राजनीतिक अन्धकार तोड्ने, सत्य बोल्ने र जनचेतना फैलाउने “प्रकाश” हुन् भनेर विश्वास गर्छन् । यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र होइनस यो नेपालको नयाँ…
धादिङको त्रिपुरा सुन्दरीमा छोराद्वारा आमाको हत्या
धादिङ, २०– असोजधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकठेरीमा गएराति एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी ६३ वर्षीया आमा राममाया कँडेलको निर्मम हत्या गरेका हुन्। घटनास्थलमै पुगेका प्रहरीका अनुसार यमबहादुरले आमामाथि धारिलो हतियार प्रहार गरी शरीर टुक्रा हुनेगरी हत्या गरेका थिए। हत्या पछि घटनास्थलमै उपस्थित प्रहरी टोलीले उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको र उनले आफ्नै हातमा रहेको हतियार भुइँमा राखेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि सल्यानकोट प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार राति नै जिल्ला प्रहरी कार्यालय धादिङ…
किन खनिए सन्दीप कान्तिपुर TV HD माथि
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीमाथि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। उनका अनुसार, युनिटी कपको पहिलो टी-२० खेलको समाचारमा स्रोत पुष्टि नगरी हावाको भरमा रिपोर्टिङ गरिएको थियो। समाचारमा भनिएको थियो कि सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको जर्सी लगाउन अस्वीकार गरेका हुन्। तर, सन्दीपले यो व्यक्तिगत मामला भएको र अष्ट्रेलियाको सिरिजमा पनि त्यही लोगो भएको जर्सी लगाइसकेको बताएका छन्। सन्दीपले सञ्चारमाध्यमलाई सम्मान गर्ने तर भविष्यमा यस्ता अपुष्ट समाचार नदोहोर्याउन आग्रह गरेका छन्। उक्त विवादका बावजुद नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै…
केपी ओली र रमेश लेखक सँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी लाई विदेश जान रोक।
धादिङ, १२–असोज निवर्तमान प्रधानमन्त्री केपी ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ। २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालको हकमा पनि यस्तै निर्णय भएको छ। २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनमा तानिएका हुन्।
नेपालद्वारा वेस्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत
धादिङ,११–असोज नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनिटी कपअन्तर्ग युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। त्यसअघि नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। १० ओभर सकिँदा नेपालले २ विकेटको क्षतीमा ६८ रनको स्थितीमा थियो । ओपनरद्वय कुशल भुर्तेल र…
