धादिङ, मंसिर–२६
नीलकण्ठ नगरपालिका–४, खानीगाउँस्थित नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत सञ्चालन हुने ३५० घण्टे निःशुल्क सीपमूलक ६५ दिने तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। तालिमको हरेक बिधामा २०–२० जना छनोट भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले प्राविधीक शिक्षाको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता को अन्त्य भएको बताए । उक्त कार्यक्रम शिक्षालय प्रमुख नरेश बरालको सभापतित्वमा सम्पन्न भएको हो।

समारोहमा स्थानीय सरोकारवाला, समुदायका अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
शिक्षालयका अनुसार तालिम २०८२ मंसिर २८ गतेदेखि नियमित रूपमा सुरु हुनेछ। यसपटक शिक्षालयले मन्टेश्वरि,वेटर वेट्रेस, र मोटरसाइकल मेकानिक्स (स्तर–१) गरी तीन विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो।
सीप अभिवृद्धि गरी युवाहरूलाई रोजगारीमुखी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको नीलकण्ठ बहुप्राविधिक शिक्षालयले जनाएको छ।

